
काठमाडौँ, १८ फागुन । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिइएको छ ।
शुक्रबार बिहान साढे ११ बजे बा २ ज १३५४ नम्बरको ट्याक्सीका चालक बिकास तामाङलाई महाराजगंज प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनले ट्याक्सीलाई राष्ट्रपति भवन अगाडि सडकमा पार्किङ्ग गरी राखेको अवस्थामा ट्राफिकले कारवाही गर्ने क्रममा दुई सय रुपैयाँ बिलबुकमा राखेर दिन खोजेका थिए ।
पक्राउ परेका चालक तामाङ नुवाकोट घर भइ हाल सोल्टीमोड बस्दै आएका थिए ।












प्रतिक्रिया