कैलाली, १८ फागुन । प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशमलाल चौधरीले निर्वाचित भएको प्ररमाणपत्र पाउन र सपथग्रहण कार्यक्रममा उपस्थित हुन आवस्यक व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दर्ता गराएका छन् ।
कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका चौधरीले बुधबार कारागारबाटै २० फागुनमा हुने सपथग्रहरणमा उपस्थिति हुन पाउँ भन्दै निवदेन दर्ता गराएका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीले निवदेदन दर्ता गराएको पुष्टि गरे । उनको निवेदन संघीय संसद सचिवालयमा पठाउने प्रशासनको तयारी रहेको छ ।
चौधरी कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।












प्रतिक्रिया