१३ कार्तिक २०८३, शुक्रबार

भारत र चीन जोड्ने कालीगण्डकी करीडोरको ‘ट्रयाक खुल्यो’

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । भारतको सुनौलाईलाई कालीगण्डकी हुँदै कोराला नाकामार्फत उत्तरी देश चीन जोड्ने सडकको ट्रयाक खुलेको छ ।

ली गण्डकी करिडोर नामको उक्त सडक खण्ड अन्तर्गत वागलुङ–गुल्मी खण्ड नेपाली सेनाले छिचोलेपछि सुनौली अब कोरासँग जोडिएको हो । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार करिडोरको ७६ किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम सकिएको जानकारी दिए ।

दुईवर्ष अघि प्रधानमन्त्री हुँदा केपी ओली नेतृत्वको सरकारले चीनसँग पारवहन तथा यातायात सम्झौता गेपछि यस करिडोरको निमाृणले गति लिएको थियो ।

कोरला–सुनौली ४३५ किलोमिर लामो यो करिडोरमा दुई लेन (९ मिटर चौडा) को सडक हुनेछ । कोराला–मुस्ताङको कागबेनी ९५, कागबेनी–बागलुङ ९५ , कागबेनी–गुल्मीको रिडी ७०, रिडी–बुटुवल ६८ र बुटुवल–सुनौली २५ किलोमिटर करिडाररमा पर्छ । कोरलादेखि १७ किलोमिटर टाढा चीनको पक्की सडक मार्ग जोडिन्छ ।