
काठमाडौँ, १७ फागुन । पाँचथरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ अन्य चार घाइते भएका छन् ।
बिहीबार पाँचथरको फालेलुङ गाउँपालिका ३ मच्छेबुङमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । दुर्घटनामा फिदिम नगरपालिका ५ का १४ वर्षका सहयोग तुम्बापोको मृत्यु भएको हो । ट्याक्टरका चालक युवराज तुम्बापो घाइते भएको जिल्ला प्रहरी कार्यलय पाँचथरले जनाएको छ ।
त्यस्तै पाँचथरमै भएको अर्को सवारी दुर्घटनामा तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ । मेमेङबाट फिदिम आउने क्रममा को १ ज २०१७ नम्बरको जिप दुर्घटनामा फिदिम नगरपालिका ९ का नरेन्द्र घिमिरे गम्भीर घाइते भएका छन् ।
उनलाई थप उपचारका लागि झापा रिफर गरिएको छ । उक्त दुर्घटनामा अन्य दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया