– बेलिना थापा
लमजुङ, फागुन १६ । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर २ को पैँयु खोला घोप्टे मोटरबाटोको उद्घाटन गरिएको छ । मोटरबाटोको बुधबार एक समारोहकाबीच सांसद धनञ्जय दवाडीले उद्घाटन गरेका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै सांसद दवाडीले मोटरबाटोको विस्तारसँगै विस्तारै विकासले गति लिने बताए । सडकको अभावमा विकास निर्माणका काम हुन नसकेको भन्दै यसले विकासको ढोका खुल्ने बताए । उनले सडकले नै गाउँगाउँको विकास हुने भएकाले सडक सञ्चालन हुन आवश्यक रहेको बताए ।
पैँयु खोला घोप्टे मोटरबाटो निर्माण समितिका अध्यक्ष खीमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान सांसद जमिन्द्रमान घले, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष होमबहादुर बिक, प्रमुख प्रशासकिय अधिकृत बद्रिनाथ सापकोटा, गाउँ कार्यपालिका सदस्य कृष्णबहादुर विक, न्यायिक समितिका सदस्य प्रेमबहादुर गुरुङ, वडा नम्बर १ का अध्यक्ष रुद्धमान गुरुङ, वडा नम्बर २ का अध्यक्ष चेतबहादुर गुरुङ, वडा नम्बर ३ का अध्यक्ष प्रेमबहादुर बस्नेत लगायतको उपस्थिति थियो ।
करिब २ किलोमिटरको उक्त पैँयु खोला घोप्टे मोटरबाटो सडक गाउँपालिकाको ७ लाख बजेटबाट निर्माण गरिएको हो । सडक माघ २ गतेबाट निर्माण शुरु गरिएको थियो । मोटरबाटो निर्माणका लागि स्थानियको श्रमदान समेत रहेको वडा नम्बर २ का अध्यक्ष चेतबहादुर गुरुङले बताए । मोटरबाटो पुगे सँगै स्थानीयलाई सहज हुने भएको छ । गाउँमै गाडी गुड्ने भएपछि स्थानीय हर्षित छन् ।












प्रतिक्रिया