२२ कार्तिक २०८३, आइतबार

जिपको ठक्करबाट सात वर्षीय बालकको मृत्यु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, १६ फागुन । जिल्लाको दशरथ चन्द नगरपालिका–२ मा बुधबार जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

स्थानीय सतबाजबाट सदरमुकाम जाँदै गरेको से १ ज ३८९ नंं को जिपले दशरथ चन्द नगरपालिका–२ का स्थानीय सात वर्षीय विवेक बोहोरालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालकको मृत्युपछि मृतकका आफन्तले क्षतिपूर्तिको र दोषीलाई कारबाहीको माग गर्दै अपराह्नदेखि राजमार्ग ठप्प पारेका छन् । –रासस