
-पूर्ण विश्वकर्मा
ओमन, १६ फागुन । दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत गायिका जलजला परियारलाई दलित संजाल ओमनले १३ हजार ५ सय ९९ रुपैयाँ सहयोग गरेको छ ।
‘नेपाली तारा’ सिजन–३ की प्रतियोगीसमेत रहेकी जलजलालाई सहयोग गर्न सामाजिक सञ्जाल फेसबुकमार्फत ‘गायिका जलजला परियार बचाउ अभियान’ चलाइएको थियो । अर्घाखाँचीकी जलजलालाई सहयोग गर्न विभिन्न संघसंस्था तथा व्यक्तिहरू सक्रिय भएर लागेका छन् । उक्त रकम कमला नेपालीको नाममा पठाइएको संजालका अध्यक्ष सुरेश बराइलील जानकारी दिए ।
नेपाली तारा सिजन ३ कि अब्बल प्रतिस्पर्धी तथा पर्श्व गायिका जलजलाले संसार भर छरिएर रहेका नेपालि दाजु भाइ दिदी बहिनिहरु सग आफ्नो उपचारको लागि सहयोगको आग्रह गरेसँगै विभिन्न देशमा सहयोग संकलन अभियान जारी छ ।
त्यस्तै दुबै मृगौला फेल भइ हाल अस्पतालमा उपचार गरिरहेका सुनसरी बराह नगरपालिका १ निवासी २९ वर्षका बुद्ध विकको उपचारका लागि दलित संजाल ओमनले १३ हजार १० रुपैया आर्थिक सहयोग गरेको छ । संजाल सदस्य अर्जुन विश्वकर्माले इन्द्ररा विश्वकर्माको नाममा रकम पठाएको जानकारी दिए ।
जलजला परियारलाई सहयोग संकलन गर्ने क्रममा बुद्ध विकको लागि पनि संकलन गरिएको संजाल महासचिव उमेश विश्वकर्माले जानकारी दिए ।















प्रतिक्रिया