
काठमाडौँ, १६ फागुन । मन्त्री नियुक्त भएको तीन दिनपछि गृहमन्त्री रामबहादुर थापा बादल प्रहरी प्रधान कार्यालय पुगेका छन् ।
बिहान साढे ८ प्रहरी हेडक्वार्टर नक्साल पुगेका उनले त्यहाँ प्रहरी महानिरीक्षक प्रकाश अर्यालले संगठनका विषयमा गरेको ब्रिफिङ सुनेका छन् । प्रहरी महानिरीक्षक अर्यालले सचिवालयमा रहेको अरनिको हलमा प्रहरीका विषयमा जानकारी गराएका मन्त्री थापालाई अवगत गराए ।
एसएसपी (वरिष्ठ उपरीक्षक) भन्दा माथिल्लो दर्जाका प्रहरी अधिकारी उपस्थित रहेको ब्रिफिङमा प्रहरीलाई आवश्यक सामाग्रीदेखि संघीय प्रहरी ऐन नहुँदा कामकारवाहीमा परेका अप्ठेराका बिषयमा अर्यालले जानकारी गराएका थिए ।
यस्तै विविध कारणले रोकिएको खरिद प्रक्रिया र संगठनलाई अझै मजबुत बनाउन आवश्यक रणनीतिका बिषयमा समेत अर्यालयले मन्त्री थापालाई जानकारी गराएको नक्साल स्रोतले जनाएको छ ।
गृहमन्त्री थापाले प्रहरीको केन्द्रीय कमाण्ड सेन्टर र फरेन्सिक ल्याबको अवलोकन समेत गरेका छन् । यस्तै सातवटै प्रदेशमा रहेका प्रदेश प्रहरी प्रमुखसँग गृहमन्त्री थापाले भिडियो कन्र्फेन्स गर्ने छन् । अवलोकन र निरीक्षणपछि प्रहरीको अप्रेशन हलमा गृहमन्त्री थापाले उपस्थित प्रहरी अधिकारीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।















प्रतिक्रिया