२२ कार्तिक २०८३, आइतबार

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १६ फागुन । पूर्वी चितवनको राप्ती नगरपालिका–२, गड्यौलीस्थित पूर्व पश्चिम लोकमार्गमा बुधबार बिहान ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार नेपालगन्जबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख २१७४ नंको ट्रकले ठक्कर दिँदा स्थानीय ७० वर्षीया पार्वती बर्ताैलाको घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ९ बजे घटना भएपछि स्थानीयवासीले केही बेर राजमार्ग अवरुद्ध पारेका थिए । –रासस