२२ कार्तिक २०८३, आइतबार

ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, १६ फागुन । मोरङको केराबारी गाउँपालिका–८ स्थित केराबारी–खोर्साने सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको गए राति मृत्यु भएको छ ।

केराबारीबाट खोर्सानेतर्फ आउँदै गरेको को १५ प १०९० नंको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ त २००५ नंको ट्र्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका–४ बस्ने २९ वर्षीय किशोर खवासको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका खवासको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २१ वर्षीय विनोद चौधरी र पछाडि सवार २५ वर्षीय ललित चौधरी घाइते भएका छन् ।

उउनीहरुको धरानमै उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायब निरीक्षक मणिकुमार कोइरालाले जानकारी दिए । –रासस