सुर्खेत, १५ फागुन । जिल्लाको गुर्भाकोट नगरपालिका–२ मालारानीस्थित देउती डाँडामा मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
गुर्भाकोट नगरपालिकाको गैरी बजारबाट सरिया बोकेर बोटेचौरतर्फ आउँदै गरेको भे १ त ६१८६ नं. को ट्रयाक्टर दुर्घटना हुँदा गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका फत्तेबहादुर विक, नारायण खत्री र शशीराम विकको मृत्यु भएको प्रहरी चौकी मेहलकुनाका प्रहरी नायब निरीक्षक प्रेम बोहोराले जानकारी दिनुभयो ।
दुर्घटनामा परी सोही नगरपालिका–८ का टेकबहादुर धौलाकोटी र ३२ वर्षीय अम्मर विक घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । क्षमता भन्दा बढी भार भएका कारण उक्त दुर्घटना भएको अनुमान गरिएको छ । –रासस












प्रतिक्रिया