२२ कार्तिक २०८३, आइतबार

स्थानीय तहका प्रमुखले एकै स्वरमा भने : भ्रष्टाचार नियन्त्रण गर्न आफैँबाट शुरुवात गर्छौँ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– मिना बुढाथोकी
सल्यान, १५ फागुन । भ्रष्टाचार नियन्त्रण गर्न आफैँबाट शुरुवात गर्नु पर्नेमा स्थानीय तहका प्रमुखहरुले जोड दिएका छन् । यहाँका तीन नगरपालिका र सात गांँउपालिकाका प्रमुखहरुले भ्रष्ट आचरण आफैँबाट त्यागेर अगाडी बढे मात्रै भ्रष्टाचार नियन्त्रण हुने बताएका हुन् ।

नेपाल सरकार राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबार काठमाडौँको आयोजना र जिल्ला प्रशासन कार्यालय सल्यानको सहआयोजनामा मंगलबार जिल्लाको सदरमुकाम खलंगामा भएको ‘भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व’ बिषयक अन्र्तक्रिया गोष्ठीमा सहभागी भएका उनीहरुले यस्तो बताएका हुन् ।

स्थानीय तह प्रमुख तथा अन्य सहभागीहरुले अहिले हाम्रो समाजमा भ्रष्टाचारले बर्षौँदेखि जरा गाडेर बसेको बताउँदै भ्रष्टाचार नियन्त्रण गर्न सबैतिरबाट पहल कदमी चालिनु पर्ने बताए । प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले भ्रष्टाचार नियन्त्रणको लागी सबै क्षेत्रबाट आवाज उठे पनि कार्यान्वयनमा समस्या भएको बताए ।

यस्तै बन्गाड कुपिण्डे नगरपालिका प्रमुख गोबिन्द कुमार पुनले भ्रष्टाचारलाई नियन्त्रण गर्न सरोकारवाला निकायहरुले बिशेष पहल गर्नुपर्ने बताए । बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले भ्रष्टाचार नियन्त्रण गर्न ठोस रुपमा पहल कदमी चाल्नु पर्ने आवश्यकता रहेको बताए ।

यस्तै कुमाख गाउँपालिका अध्यक्ष सिर्जना बुढाले विकास निर्माणदेखि हरेक क्षेत्रमा भ्रष्टाचार हुने गरेको बताउँदै यसलाई नियन्त्रण गर्न सबै लाग्नु पर्ने बताए । नेकपा एमालेका सचिव रमेश कुमार गौतम, नेपाली काँग्रेस सल्यानका सभापति गणेश चन्द लगायतका विभिन्न पार्टीका प्रतिनिधिहरुले राष्ट्रिय सर्तकता केन्द्रले भ्रष्टाचार न्यूनिकरणको लागी महत्वपूर्ण कार्य गर्दै आएको बताउदैँ यस कार्यलाई बार्षिक रुपमा मात्रै नभएर मासिक, अर्धबार्षिक रुपमा पनि सञ्चालन गर्नु पर्ने बताए । साथै उनीहरुले जिल्लाका विभिन्न निकायहरुमा आएर समय समयमा निरिक्षण, अनुगमण गर्नु पर्ने बताए ।