२२ कार्तिक २०८३, आइतबार

ट्रलीमा जोडेको फलामको किलाले लागेर मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उर्लाबारी, १५ फागुन । मोरङको धनपालथान–१ स्थित भित्री सडकखण्डमा ट्याक्टरको ट्रलीमा जोडेको फलामको किलाले लागेर सहचालकको गएराति मृत्यु भएको छ ।

कदमाहा–गडेरिया भित्री सडकखण्डमा कदमाहाबाट गडेरियातर्फ जाँदै गरेको को १ त ६७६० नम्बरको ट्याक्टरको ट्रलीमा जोडेको फलामको किला उछिट्टिएर छातीमा लाग्दा भारत अररिया जिल्ला बस्ने ४० वर्षीय साजित मिँयाको मृत्यु भएको हो ।

घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । –रासस