पोखरा, १५ फागुन । नेपाल क्रेडिट एण्ड कर्स बैंक लि.को कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका, वडा नं. १७, बिरौटामा संचालित शाखा कार्यालय स्थापना भएको छ ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शाखाको उद्घाटन गरेका हुन् । उक्त अवसरमा जिसीले विधि र विधानलाई आत्मसाथ गरी बैंक सफल हुने हुँदा एनसीसी बैंकले पनि सोही कुरा अवलम्बन गरी अगाडि बढन शुभकामाना व्यक्त गरे । उक्त अवसरमा सोही महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पनि बैंकको प्रगतिको लागि शुभकामना मन्तब्य व्यक्त गरे ।
सो कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिका कार्यपालिका सदस्य ओम प्रसाद गौचनले समेत शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय प्रमुख, नेपाल राष्ट्र बैंकका निर्देशक पोमनाथ गौतमज्यूले आफ्ना सान्दर्भिक विचारहरु राख्दै यस शाखाले उत्तरोत्तर प्रगति गरोस भन्ने कामना गरे ।















प्रतिक्रिया