
काठमाडौँ, १४ फागुन । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहणपछि पदभार ग्रहण गर्न सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेका उनले महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन् । अर्थमन्त्री खतिवडाले पहिलो निर्णय स्वरुप आउँदो बैशाख १ गतेबाट इ–पेमेन्ट लागू गर्ने प्रस्ताव सदर गर्ने निर्णय गरेका छन् ।
अर्थमन्त्रीको निर्णयपछि अब अनलाइनबाटै सेवाग्राहीले भुक्तानी गर्न पाउनेछन् । अर्थतन्त्रमा संकट आइरहेको चर्चाकाबीच खतिवडा मन्त्री बनेका छन् । गैरराजनीतिक व्यक्तिको रुपमा पहिलोपटक उनी अर्थमन्त्रीको रुपमा नियुक्त भएका हुन् ।
एमालेभित्रै वरिष्ठ नेताहरुले अर्थमन्त्री माग गरिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई अर्थको जिम्मेवारी सुम्पेका हुन्।















प्रतिक्रिया