२२ कार्तिक २०८३, आइतबार

चट्याङबाट आगलागी हुँदा तीन चौपाय मरे

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संखुवासभा, १४ फागुन । संखुवासभाको पाँचखपन नगरपालिका–८ को पोर्खाङमा आज बिहान परेको चट्याङबाट तीन पशुचौपायसहित घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

बिहान सबेरै आएको हावाहुरीसँगै चट्याङ पर्दा घर नजिक बाँधेर राखेको दुई भैसी र एउटा गाईसहित घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।

नयन्द्रबहादुर न्यौपानेको घरमा परेको सो चट्याङबाट मानवीय क्षति भने भएको छैन । अहिलेसम्म के कति क्षति भएको भन्ने विवरण नआएको स्थानीय सिहेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक शुरबहादुर राईले जानकारी दिए । अहिले आगो नियन्त्रणमा आएको छ । -रासस