३१ आश्विन २०८३, शनिबार

न्यूयोर्कमा कविता वाचन, अन्त्यहीन ‘इच्छा’को लोर्कापण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क । अमेरिकाको न्यू ​योर्कस्थित ज्याक्सन हाइटस् हिमालयन याकमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूयोर्क च्याप्टरले अनेसास बोर्ड अफ ट्रष्टी उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार गीता खत्रीको साझा प्रकाशनबाट प्रकाशित छैठौं पुस्तक कृति अन्त्यहीन इच्छा कथासंग्रहको लोर्कापण भएको छ ।

कार्यक्रममा कविता बाचन पनि गरिएको थियो । पानसमा बत्ती बालेर कार्यक्रमको थालनी भएको थियो । नेपाली र अमेरिकी राष्ट्रिय गीत बजाउदै कार्यक्रमलाई अगाडि बढाइएको थियो । पञ्चकन्याबाट कृतिको लोर्कापण गरियो भने कृति समिक्षा साहित्यकार तथा वाणिज्यदूत कृसु क्षेत्रीबाट भएको हो ।

महावाणिज्यदूत मधुकुमार मरासीनीले लामो समयदेखि विदेशमा बसेर नेपाली भाषासाहित्यको विकास र उन्नयनमा साहित्यकार गीता खत्रीले पु¥याउनु भएको योगदानको प्रशंसा गर्दै हार्दिक बधाई तथा शुभकामना दिए ।

अनेसास न्यूयोर्क च्याप्टरकी उपाध्यक्ष साहित्यकार शकुन ज्ञवालीले कार्यक्रममा उपस्थित पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो ।

बीस जनाभन्दा बढी साहित्य सर्जकहरुले आआफ्नो कविता बाचन गर्दै साहित्यकार गीता खत्रीलाई नेपालको सबैभन्दा जेठो प्रकाशन संस्था साझा प्रकाशनबाट कृति प्रकाशन भएकोमा हार्दिक बधाई तथा शुभकामना दिर्दै आआफ्नो कविता बाचन गरे ।