२२ कार्तिक २०८३, आइतबार

सदरमुकाममा खानेपानीको अभाव

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–हरिबहादुर राउत 
हुम्ला, १३ फागुन । सदरमुकाम सिमकोटमा पानी नपर्दा र हिमपात नहुँदा पानीका मूल सुकेको छ ।

खानेपानीका चार ट्यांकीमा पाँच हजार लि जम्मा नभएको र भएको पानी बजार र गाउँबस्तीका ४५० घरधुरीलाई दिएपछि पानीको अभाव भएको छ । उपभोक्ता समितिका सचिव राजु रोकायका अनुसार सिमकोट – ४ बुराउसे, ठाडा ढुंगाबाट एक किमी टाढा रहेको पानीको मुहानबाट ट्यांकीमा जम्मा हुने खानेपानी अभाव भएको छ ।

नाम्खा गाउँपालिकाको याप्पा खोलाबाट पानी ल्याएमा र सिँचाइ खानेपानीको सम्भावना देखिएको पुजारी डबले रोकाया र सोबने रोकायले बताउनुभयो । पुजारीले भन्नुभयो, “बाजेका पालामा हिमपात भई हिउँ जम्मा गरेर आगोमा तताई पानी खाने गरेका थिए तर आजभोलि हिमपात नभएपछि खानेपानीको अभाव भएको हो ।” –रासस