२२ कार्तिक २०८३, आइतबार

शौचालय नबनाएकासँग कागजी कारबाही गर्दै नगर प्रमुख

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-माधव बेल्वासे
कपिलवस्तु १३ फागुन । कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले शौचालय नबनाएकाहरुलाई छिटो बनाउन ताकेता गरेका छन् । नगर प्रमुख अधिकारीले आइतबार विभिन्न गाउँगाउँमा गएर शौचालय कति समय भित्र बनाउने भन्ने विषयमा लिखित सहमती समेत गराएका छन् ।

शिवराज नगरपालिका लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियानलाई सफल बनाउन सो कार्य गरेको प्रमुख अधिकारीले बताए । सरकारकै अभियानलाई स्थानीयले अटेर गरिरहेको अवस्थामा शौचालय नभएकालाई एक हप्ताको समय दिएको र सो अवधिभित्र शौचालय नबनाए कारवाही गरिने उनले जनाए । आइतवार नगरको मदवा, वलुहवा लगायतका गाउँमा नगर प्रमुख अधिकारीको नेतृत्वमा गएको टोलीले शौचालय निर्माण नगरेकाहरुलाई एक हप्ता भित्र बनाउछौ भन्ने कागजी गरेर हस्ताक्षर गर्न लगाइएको हो ।

नगर उपप्रमुख शिवकुमारी थारुले थारु समुदायमा शौचालय बनाउनमा अटेर गरिरहेकोले नगर तथा अन्य सरकारी निकायवाट कुनै पनि सेवा सुविधा नदिने बताइन् । शौचालय निर्माण गरी प्रयोग गर्न उपप्रमुख थारुले आग्रह गरिन । शिवराज नगरपालिका वडा ३ मा रहेका १३ सय ४ मध्ये १२ सय १३ घरधुरीमा शौचालय निमार्ण भइसकेको र ९१ घरधुरीमा निमार्णधीन रहेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताए । कतिपय घरपरिवार विपन्न तथा गरिविका कारण नगराएको र कतिपयले भने अटेर गरेको उनको भनाइ छ । शिवराज नगरपालिका वडा न ३ लाई फागुन अन्तिमसम्म खुल्ला दिसामुक्त वडा घोषणा गर्ने योजना रहेको सापकोटा बताए ।

युनिसेफको सहयोग शिवराज नगरपालिकाको आयोजनामा रहेको अनुगमनमा शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारु, इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख जगदिश अर्याल, वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरिक्षक झविन्द्र भट्टराई, सरसफाई दुत महादेव पोख्रेल, वास अधिकृत राजेश चौधरीलगायत सरसफाई परिचालकहरुको सहभागितामा अनुगमन सम्पन्न भएको छ ।