कतार । देश संघीय संरचनामा गएसँगै कतारमा कार्यरत प्रदेश नं. ३ का नेपालीहरुको साझा संस्था गठन भएको छ ।
प्रदेश नं. ३ अन्तर्गत रहेका १३ वटा जिल्लाका जिल्ला संस्थाहरु तथा विभिन्न संघसंस्थाको भेलाले नन्दप्रसाद ढुंगानाको संयोजकत्वमा प्रदेश नं. ३ समन्वय तदर्थ समिति गठन गरेको हो ।
प्रदेश नं. ३ अन्तर्गत पर्ने १३ जिल्लाका जिल्ला संस्थाको प्रतिनिधी पदेन सदस्य रहने गरी १५ सदस्यीय तदर्थ समिति गठन भएको छ । साथै भेलाले ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
ढुंगानाको संयोजकत्वमा गठित समितिको पदेन सदस्यहरुमा प्रकाश अर्याल (चितवन), दिपेन्द्र घले (नुवाकोट), सन्तोष के. सी (दोलखा), नारायण बिष्ट (काभ्रे), शेखर छेत्री (मकवानपुर), ललित कुमार तामाङ (रामेछाप), सोम सुनुवार (सिन्धुली), बिमल घले (रसुवा) र सदस्य सचिब प्रकाश बोहोरा चयन भएका छन् । रिक्त रहेका बाकि पदेन सदस्यहरुमा बाकि रहेका जिल्लागत संस्थाका प्रतिनिधीहरुबाट पूर्ति गरिने संयोजक ढुंगानाले जानकारी दिए ।
यस्तै भेलाले सल्लाहकार समितिमा राजेन्द्र कुमार (आरके) शर्मा, प्रबिन गुरुङ, टि. बि. कार्की, सागर नेपाल, नारायण भण्डारी, हरि कृष्ण रिमाल, सुर्य भण्डारी, समीर खत्री, कमल घिमिरे, राज रेग्मी र रमेश भट्ट चयन गरेको छ ।
तदर्थ समितिले आगामी ४ मे २०१८, शुक्रबारका दिन आफ्नो प्रथम साधारण सभा गर्ने जानकारी दिदै संयोजक ढुंगानाले प्रदेश न. ३ अन्तर्गत रहेका जिल्ला संस्थाहरु तथा विभिन्न संघसंस्थाहरुको समन्वयमा आगामी दिनमा सामाजिक कार्य तथा परोपकारी कामलाई थप शसक्त ढंगमा अगाडि बढाउदै नयाँ आयाम थप्न संस्थाको स्थापना गरीएको बताए ।
















प्रतिक्रिया