२२ कार्तिक २०८३, आइतबार

जंगली हात्तीको आक्रमणबाट झापामा दुई जनाको मृत्यु

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १२ फागुन ।  झापाको बिर्तामोड नगरपालिका-७ मा शनिबार जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-३ मियाबारी निवासी ७० वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका-७ निवासी ७० वर्षीय लसुने मियाँ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

घर नजिकैको दुन्दर निचाझोडा सामुदायिक वनमा दाउरा खोज्न गएका उनीहरुलाई शनिबार दिउँसो १२ बजे जंगली हात्तीले लछारपछार पार्दै खुट्टाले कुल्चिएर मारेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो । –रासस