पाँचथर, १२ फागुन । मेची राजमार्गअन्तर्गत पाँचथरको फाल्गुनन्द–३ मा रहेको तीनपांग्रे भन्ने ठाउँमा जीप र ट्रयाक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान झापाको विर्तामोडबाट फिदिम आउँदै गरेको मे १ ज २७९३ नम्बरको जीप र फिदिमबाट राँके जाँदै गरेको मे १ त ३५५३ नम्बरको ट्रयाक्टर ठोक्किँंदा फाल्गुनन्द–२ कि ५८ वर्षीय लिलामाया चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा आठजना घाइते भएका छन् । उनीहरुको इलाम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप र ट्रयाक्टर एकापसमा ठोक्किएर सडकदेखि १० मिटर तल खसेका थिए । –रासस












प्रतिक्रिया