डडेलधुरा, १२ फागुन । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रियसभा सदस्यमा शेरबहादुर देउवा सरकारले गरेको सिफरिस उल्टायाएर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाएका छन् ।
डडेलधुरामा शुक्रबार कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा निधिले सम्पूर्ण निर्वाचन सम्पन्न गर्ने जिम्मा देउवा सरकारको भएकाले राष्ट्रियसभाका तीनजनाको सिफरिस गर्ने काम पनि निर्वाचन गराउने सरकारको हुने स्पष्ट पारे ।
उनले भने, ‘यदी निर्वाचन गराउने सरकार कामचलाउ हो भने राष्ट्रपति पनि कामचलाउ हो । उहाँले कसरी नयाँ नियुक्ति गर्न पाउनुहुन्छ ?’ नेता निधिले राष्ट्रियसभा सदस्य नियुक्तिमा राष्ट्रपतिले चालेको कदमको कांग्रेसले कानूनी र राजनीति उपचार खोज्ने बताए ।












प्रतिक्रिया