२२ कार्तिक २०८३, आइतबार

घरमा आगलागी हुुँदा बाजुरामा १० महिने नाबालिकाको मृत्यु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, ११ फागुन । बाजुरामा आगलागीबाट १० महिने नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–८ बस्ने गंगा भण्डारीकी १० महिने छोरी देवीका भण्डारी रहेकी छन् ।

कोठामा सुताईरहेको बेला घरमा आगलागी भएपछि नाबालिकाको मृत्यु भएको हो । बडिमालिका नगरपालिका ८ थापावाडा स्थित अंगे थापाको घरमा आगलागी भएको प्रहरीले बताएको छ । भण्डारी थापाको घरमा भाडा तिरेर बस्ने गरेकी थिईन् । विजुली सर्ट भएपछि आगलागी भएको प्रहरीले अनुमान भएको छ ।

दिउँसो साढे चार बजेतिर भएको आगलागी स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको हो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेना र बजारबासी पनि उपस्थित थिए । आगलागीबाट घर भित्रको सम्पूर्ण सरसामान र अन्नबाली पनि जलेर नष्ट भएको छ ।

क्षतिको विवरण यकीन नभएपनि घर भित्रको सबै समान जलेर नष्ट भएको बताईएको छ । पीडितले ५ लाख बढीको क्षति भएको बताएका छन् ।