२२ कार्तिक २०८३, आइतबार

लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, ११ फागुन । लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

उदीपुरदेखि दमौली जोड्ने ३३ केभी प्रशारण लाइन फागुन १३ र १५ गते पूर्णरुपमा बन्द हुने भएको हो । मध्यमर्स्याङ्दीदेखि तल्लो मर्स्याङ्दीसम्मको १३२ केभी प्रशारण लाइनको दोस्रो सर्किटको टावर नं २ देखि टावर नं १ सम्मको तार तन्काउने कामका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण लमजुङ शाखाका प्रमुख दीपक दाहालले जानकारी दिनुभयो ।

दुई दिनका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । दुई दिनसम्म विद्युत् बन्द हुँदा लमजुङको सम्पूर्ण भू–भाग र तनहुँको बाइसजाँगर, मानेचौका, रुपाकोटलगायतका उपभोक्ता प्रभावित हुनेछन् । –रासस