३१ आश्विन २०८३, शनिबार

भ्रष्टाचारीलाई मन्त्री नबनाउन अमेरिकाबाट खबरदारी

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टेक्सास । अमेरिकामा रहेर नेपालको भ्रष्टाचार बिरुद्ध सकृय संस्था हेम सरिता पाठक फाउण्डेशनले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भष्ट्राचारको अन्त्य हुने अपेक्षा गरेको छ ।

नयाँ सरकारले भ्रष्टाचारलाई अन्त्य गर्ने आफ्नो प्रमुख प्राथमिकतामा राखेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा नेपालको भबिश्य उज्जवल हुने आशा ब्यक्त गरेको छ ।

फाउण्डेशनका संरक्षक हेम पाठकद्वारा जारी गरिएको बिज्ञप्तिमा नेपालमा स्थायी सरकार बनेकोले देशको प्रमुख समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य गर्दैै समुन्नत बाटोमा जाने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो मन्त्रिमण्डलमा दुई जना नै स्वच्छ छविका नेताहरूलाई मन्त्री बनाएकोमा खुशी ब्यक्त गर्दै संरक्षक पाठकले आगामी दिनमा बन्ने मन्त्रीहरू पनि भ्रष्टाचारको बिरुद्धमा लड्न सक्ने मात्र बन्नु पर्ने माग समेत गरे । नयां

सरकारसंगै सातवटै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू पनि भ्रष्टाचारको बिरुद्धमा लागि पर्नेमा संरक्षक पाठकले बिश्वास ब्यक्त गरेका छन् । स्थानीय, प्रेदेश र केन्द्र सरकार एकजुट भएर भ्रष्टाचार बिरुद्धमा लाग्ने हो भने देशले चाडै नै मुहार फेर्न सक्ने पाठकको दाबी छ ।

देश नयाँ बाटोमा हिड्न सफल भएको बेला नेतृत्वले चाहेमा भ्रष्टाचारको अन्त्य सदाका लागि गर्न सकिने फाउण्डेशनले बिश्वास ब्यक्त गरेको छ । हेम–सरिता पाठक फाउण्डेशनले अमेरिकामा रहेर नेपालको भ्रष्टाचार अन्त्य सम्बन्धी बिभिन्न कार्यक्रमहरूको सन्चालन गर्दै आएको छ ।