
सुनसरी, १० फागुन । प्रहरीले सुनसरीमा भन्सा छलेर ल्याएको सामानसहित ३ जनालाई पक्राउ गरेको छ ।
बिहीबार कोशी गाउँपालिका–२ लौकही बजारमा स.१ च ९३१ नम्बरको पिकअप गाडीमा भन्सार छलि ल्याएका ३८ बाख्रा र गाडी सहित चालक उदयपुर चौदण्डी नगरपालिका–६ बस्ने पप्पुप्रसाद रौनियार, बाख्रा ल्याउने इनरुवा–३ बस्ने मोहम्मद अक्त र सोही ठाउँ बस्ने मोहम्मद अक्बर मियालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि सेतुबन्धु भन्सार कार्यालय कोशी ब्यारेज पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । यसैगरी सुनसरी इटहरी उपमहानगरपालिका–१५ एकम्बाबाट बुधबार राति भारतबाट भन्सार चोरी निकासी गरी ल्याएका १ सय ४ कुखुरा गस्ती खटिएको प्रहरीले फेला पारी नियन्त्रणमा लिएको छ ।
उक्त कुखुरा स्थानीय पशु सेवा कार्यालय सुनसरीका कर्मचारीको रोहबरमा खाडल खनेर नष्ट गरिएको छ ।












प्रतिक्रिया