२२ कार्तिक २०८३, आइतबार

भौतिक कारवाही गर्ने धम्कीप्रति महासंघको ध्यानाकर्षण

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० फागुन । नेपाल पत्रकार महासंघले रौतहटका तीन जना पत्रकारलाई भूमिगत समूहले भौतिक कारवाही गर्ने धम्की दिएको गभ्मीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघको रौतहट शाखाका अध्यक्ष रविन्द्र साह, सचिव राजेन्द्रकुमार क्षेत्री र पत्रकार सञ्जय सहनीलाई भूमिगत समुहको नामबाट तीन दिनभित्र भौतिक कारबाही गर्ने धम्कीसहितको पत्र महासंघ रौतहट कार्यालयमा छोडिएको थियो ।

सांसद अनिल झाको समाचार लेखेको भन्दै पत्रकार सञ्जय सहनीलाई भौतिक कारबाहीको धम्कीे आएको विरोधमा रौतहट शाखाले विज्ञप्ति जारी गरेपछि सोही विषयलाई लिएर भूमिगत समूह ‘सन्तोष मिश्रा बारुद’ को नामबाट बिहीबार पत्रकारत्रय साह, क्षेत्री र सहनीलाई तीन दिनभित्र हत्या गरिदिने भनी धम्कीसहितको पत्र रौतहट शाखा कार्यालयमा फालिएको अवस्थामा भेटिएको महासंघले जनाएको छ ।

समाचार प्रकाशित गरेको वा विज्ञप्ति निकालेको विषयमा पत्रमार्फत पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ । पत्रकारलाई दिइएको धम्कीको कडा शब्दमा भत्र्सना गर्दै महासंघले धम्की दिने समूहको तत्काल पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाई निर्भीक र स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेको छ ।