
– टेकराज थापा
कतार, १० फागुन । बैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका २३ नेपाली अलपत्र परेका छन् । काठमाडौँ स्थित प्रिंस अन्तर्राष्ट्रिय रोजगार सेवा प्रालिबाट सात महिना अगाडी साउदी अरब पुगेका नेपालीहरु बिचल्लीमा परेका हुन् ।
साउदी अरब स्थित इम्प्रेटर साेलुसन (Emprator Solution Contracting Est.) कम्पनीमा कामदारको रुपमा साउदी पुगेका नेपालीहरुलाई अहिलेसम्म कम्पनीले ज्याला नदिँदा कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।
पीडित रामजतन कामती भन्छन, ‘आएको भोलिपल्टबाट काम आज दिन्छु भोलि दिन्छु भन्दै ७ महिना बितिसक्दा पनि हामिले कम्पनीबाट केहि पाएका छैनौँ । हामीहरुको पनि घरमा बालबच्चा परिवार छन् । उनीहरुको उज्ज्वल भविष्यकाे लागि विदेश आईयो तर न त खान पाईयो न त काम घर फर्कन चाहन्छौँ भन्दा पनि कम्पनीले कुनै चासो देखाएकाे छैन ।’ उनले खानाको लागि पनि समस्या रहेको बताए ।
केही राहत मिल्छ कि भन्ने हेतुले नेपाली राजदुतावासमा पटक पटक गएतापनि कुनै आश्वासन नपाएको र साउदी अरबको लेबरकोटमा सम्पर्क गर्दा पनि कुनै सुनुवाइ नभएको पीडितहरुले बताए । त्यसैगरी पिडित मध्येका अर्का उमेश उरावले दशऔँला जोड्दै भन्ने हामीलाई पटक पटक पुलिस पकड्ने र छोड्ने गर्दछ अहिले सम्म ४ पटक लगिसकेको र फिंगर प्रिन्ट गराई छोडिदिने गरेको बताए ।
उनी थप्छन, ‘म्यानपावरमा सम्पर्क गर्दा पनि कुनै सहयोग नपाएकोले एउटा सानो कोठामा सुख दु:खद गरि कष्टकर जिवन बिताउन बाध्य छौँ । हामीलाई सम्पर्क गर्न चाहानु हुने ब्यक्तिहरुले +966 57 859 3786 नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ ।’ पिडितहरुले सहयोग गरिदिनका लागि नेपाल सरकार तथा सम्बन्धित निकाय सबैलाई अपिल गरेका छन् ।















प्रतिक्रिया