५ कार्तिक २०८३, बिहिबार

माछापुच्छ्रे बैंकलाई ऋण ठगी गर्ने बज्राचार्य पक्राउ

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । आफ्नो हक भोग नभएको जग्गालाई आफ्नो देखाई माछापुच्छ्रे बैङ्कबाट ऋण ठगी गर्ने अशोकहर्ष बज्राचार्य पक्राउ परेका छन् ।

बैंककोको शाखा कार्यालय पुतलीसडकबाट १ करोड ४२ लाख कर्जा लिई बैंकलाई हानी नोक्सानी पुर्याउने धोविधारा बस्ने वर्ष ५५ का विनायक प्रेसका संचालक अशोक हर्ष बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

बैंकको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जानाकारी दिएको छ । बैकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।