
नाइजेरिया लेगोस, फागुन ९ । नाइजेरियाको इकोरोडु सहर स्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड ,स्टिल कारखानामा काम गर्ने नवलपरासी फटकी टोल, गूठी पर्सौनी ९ का उनेश राम चमारको कारखानामा काम गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएको छ । दुर्घटना फेब्रुअरी १५ मा भएको हो ।
उनको लाशलाई नेपाल पठाउन आबश्यक प्रक्रिया शुरु भइ सकेको र यस सम्बन्धमा कम्पनी र नेपाल दुतावश इजिप्ट सङ्ग सम्पर्क भइ रहेको जानकारी एनआरएनएका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले बताए ।
स्टिल प्लान्टको मेल्टिङ पट भन्ने उपकरणमा मेल्टरको प्राबिधिक रहेका चमारको तातो केमिकल पोखिएर दुर्घटनामा परेका र अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जानकारी कम्पनीले दिएको छ ।















प्रतिक्रिया