३१ आश्विन २०८३, शनिबार

ब्रसेल्समा प्रजातन्त्र दिवस

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । बेल्जियमको राजधानी ब्रसेल्समा ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ ।

नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा बेनेलक्सका लागि नेपालका राजदूत लोकबहादुर थापाले व्यापार, लगानी, पर्यटन, प्रवद्र्धन र सांस्कृतिक आदान–प्रदानको माध्यमबाट नेपालको छवि अभिवृद्धि गर्न आफू क्रियाशील रहेको बताए ।

सो अवसरमा गैरआवासीय नेपाली संघ, अन्तर्रा्ष्ट्रिय संयोजन समितिका अध्यक्ष जानकी गुरुङ र गैरआवासीय संघ नेपालका अध्यक्ष लोक दाहालले लोकतान्त्रिक पद्धतिबाट हालै निर्वा्चित नेपाल सरकारले जनताका आकांक्षा पूरा गर्ने विश्वास व्यक्त गरेको ब्रसेल्सस्थित नेपाली दूतावासले जनाएको छ । -रासस