मेलवर्न । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको मुख्य आयोजना तथा सहयोगी हातहरूको समूहको संयुक्त आयोजनामा मेलवर्नमा राष्ट्र, राष्ट्रियता र सकारत्मक जीवन सम्बन्धी एक विशेष उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।
मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त उत्प्रेरणात्क कार्यक्रममा प्रमुख ४ वक्ताहरूको विशेष प्रस्तुतिको साथमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा रेग्मीले अब देश विकासको निम्ती सबै नेपालीहरू जुट्नुपर्नेमा जोड दिए । सकारात्मक अभियानका लागि विश्वभरका नेपालीहरू एक भएर उठ्न सकिने भन्दै रेग्मीले विदेशमा रहेका नेपालीहरूको शक्ति र उर्जा नेपालको ठूलो सम्पति रहेको बताए ।अरुलाई दोष लगाउनुभन्दा पनि आ–आफ्नो क्षेत्रबाट सबैको प्रयासबाटै देश बन्नेमा उनले जोड दिए ।
नागरिक समूहका अध्यक्ष निगम हुमागाईंले सो कार्यक्रममा सम्बोधन गर्दै भने, ‘नेपालको सम्वृद्धिको निम्ती हामी सबै एकजुट हुनु पर्छ । कुनै पनि पार्टी, जाति, धर्मभन्दा माथि उठेर देशको निम्ती सोंच्नु पर्छ ।’















प्रतिक्रिया