
-मिना बुढाथोकी
सल्यान, ८ फागुन । सल्यानमा बन्द गराउदै हिडेका नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । कपुरकोट बजार बन्द गर्दै हिडेका दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ हुनेमा नारायण वली र निरज क्षेत्री रहेको ईलाका प्रहरी कार्यालय कपुरकोटका सई धर्मराज भण्डारी जानकारी दिए । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार गरेको नेपाल बन्दका कारण विहानैदेखि सल्यानको जनजिवन प्रभावित बन्यो ।
जिल्लामा संचालित शिक्षणसंस्था, बजार र छोटो तथा लामो दुरीका सवारी साधनहरु पुर्ण रुपमा ठप्प भएका थिए ।












प्रतिक्रिया