५ कार्तिक २०८३, बिहिबार

फागुन ११ गतेदेखि भृकुटिमण्डपमा चौथो बंगलादेश एक्स्पो हुने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नेपालस्थित बंगलादेशी दुतावासको आयोजनामा यही फागुन ११ गतेदेखि १५ गतेसम्म चौथो बंगलादेश एक्स्पो र दोस्रो नेपाल–बगलादेश विजनेश फोरम हुने भएको छ ।

प्रर्दशनी भृकुटिमण्डपस्थित् प्रदर्शनी हलमा हुने जनाईएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दुतावासले प्रर्दशनीको बारेमा जानकारी गराएको हो । दुतावासका अनुसार पाँच दिने व्यापार मेलाले नेपाल र बंगलादेशवीच भैरहेको व्यापारिक साझेदारी र सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास लिईएको छ । त्यस्तै नेपाली बजारमा बंगलादेशमा उत्पादन भएका विविध वस्तुहरुलाई चिनाउनको लागि पनि यो मेला महत्वपूर्ण कडी हुने आयोजकले विश्वास दिलाएको छ ।

नेपालका लागि बंगलादेशकी राजदुत मास्फी बिन्ते शाम्स्ले भनिन्, ‘यो मेला आयोजना गर्नुको मुख्य उधेश्य नै बंगलादेशमा उत्पादन भएका वस्तुहरुलाई नेपाली व्यवसायीहरु र उत्पादकहरुसँग चिनाउनु हो, हामी यो मेला आयोजना गर्न पाउँदा खुशी छौं ।’

त्यस्तै राजदुत शाम्सले मेलाले बंगलादेशका उद्योगी तथा व्यवसायीहरुलाई पनि नेपालको ठूलो बजारमा चिनिन टेवा पुग्ने विश्वास दिलाईन् । उनले अघि भनिन, ‘नेपाल र बंगलादेशवीच भएको व्यापारिक सम्बन्धले दुई देशवीचको सम्बन्धलाई अगाडि बढाउन, र उन्नत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ, हामी दुवै देशले सामाजिक–आर्थिक विकास र आगामी समृद्धिको लागि सँगै मिलेर काम गर्नुपर्छ ।’

प्रर्दशनीमा विशेषगरि निर्माण सामग्री र कन्ट्रक्सनसम्बन्धी सामाग्री, फर्निचर, जुटसम्बन्धी सामाग्री, रेडिमेट गार्मेन्टस्, सारीहरु, महिलासम्बन्धी वस्त्रहरु, प्लाष्टिकका उत्पादनहरु, कस्मेटिक्स, छालाका उत्पादनहरु, फुटवेयर, आईटी सोलुसन, शैक्षिक सामाग्रीहरु, ब्याट्रीहरु, मोटरसाईकल, ज्वेलरी राखिनेछन् ।

त्यस्तै प्रर्दशनीमा आर्ट एक्सिबेजशन पनि हुनेछ । जसमा २३ जना प्रसिद्ध बंगलादेशका कलाकारहरुको बंगलादेशको संस्कृति झल्काउने जीवन्त तस्विरहरु राखिनेछन् । प्रदर्शनीमा दुतावासलाई ईभेन्ट म्यानेजमेन्ट कम्पनी यू–टर्न, बंगलादेश र नेपालबाट सिन्थेसिस एक्जिविशनस् र ईभेन्टस् प्रा.लिले सघाउने भएका छन् ।