२२ कार्तिक २०८३, आइतबार

तीनकुनेमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा भेटिएको शंकास्पद वस्तुलाई डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु डिस्पोज गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार शंकास्पद वस्तु बम नभएर होक्स भएको पुष्टि भएको छ ।

तीनकुनेको पुल नजिकै रूखमुनि झोलामा ’खतरा’ भनेर राखिएको वस्तु बम हुन सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएर नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बम निस्क्रिय पार्न बोलाएको थियो । सेनाले बमको आश‌ंका गरिएको वस्तु निस्क्रिय पार्न खोज्दा खाली झोला मात्र भएको र सेनाले निस्क्रिय पार्दा सेनाको डेटोनेटर मात्र पड्केको पोखरेलले जनाए ।

उक्त झोला नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राखेको हुन सक्ने पैडेलले बताए । नेकपाले आफ्ना कार्यकर्तामाथि सरकारले ज्यादती गरेको भन्दै मंगलबार नेपाल बन्दको घोषणा गरेको थियो । राजधानीमा बन्दको प्रभाव परेको छैन ।