हेटौँडा, ७ फागुन । महिन्द्रा ग्रुपअन्तर्गतको महिन्द्रा टु ह्विलर्सको आधिकारीक वितरक अग्नि मोटो इन्कले वहु प्रतिक्षित मोजो बाइक हालै हेटौँडामा आधिकारीक विक्रेता भिजन मोट्र्समाफर्त बिक्री प्रारम्भ गरेको छ ।
महिन्द्राको मोजोले अब हेटौडामा पनि आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने कम्पनीले विश्वास लिइएको छ ।
साहसिक, आरामदायि तथा स्टाइलिङ्ग सहितका फिचर भएको महिन्द्रा मोजोमा लिक्यिडकुल ३०० सिसि इन्जिन रहेको छ । ईएफआई सिलिन्डर इन्जिन्सले २७ बीएचपीको उच्चतम क्षमता तथा ३० एनएमको टर्ग क्षमता प्रस्तुत गर्दछ ।
माजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइकले बाइक पारखीहरुलाई उच्चतम अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।















प्रतिक्रिया