काठमाडौँ, ४ फागुन । अग्नि गु्रपले महिन्द्रा सेल्स, सर्भिस र स्पेयर पार्टसहरुको सेवासहित सङ्खुवासभाको टुम्लीङ्गटारमा आधिकारिक शोरुमको सञ्चालन गरेको छ ।
ग्रुपको यो शोरुम फागुन ४ गतेबाट शुभारम्भ गरिएको हो । हालै सञ्चालनमा ल्याइएको सङ्खुवासभाको शोरुमको समुद्घाटन अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन शर्मा, मनराम ग्रुपका अध्यक्ष मनमाया श्रेष्ठ, सङ्खुवासभाका जिल्ला सभापति सुमन शाक्यले सामुहिक रुपमा गरेका थिए ।
सो शोरुममार्फत यस क्षेत्र तथा आसपासका ग्राहकहरुले सर्वसुलभ एवम् सहज तरिकाबाट कम्पनीका सेल्स, सर्भिस र स्पेयरपार्टस् सम्बन्धी गुणस्तरीय सेवा प्राप्त गर्न सक्न कम्पनीले बताएको छ ।
कम्पनीले केवल सवारी विक्री गर्न तर्फमात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टसहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित गरेको बताएको छ । चाहिएको बेला सर्वसुलभ तरिकाबाट गाडी खरिद, सर्भिसिङ्ग तथा समयमै ग्राहकहरुलाई स्पेयरपार्टस्हरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहेका बताइएको छ ।















प्रतिक्रिया