२२ कार्तिक २०८३, आइतबार

शौच गर्न गएका यात्रुको लडेर मृत्यु

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ६ फागुन । चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलविरेमा पिसाब फेर्न गएका एक यात्रुको लडेर मृत्यु भएको छ ।

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत जलविरेमा गाडी रोकेर पिसाब फेर्न सडक छेउ पुगेका तनहुँ भानु नगरपालिका–३ का ५५ वर्षीय विष्णु जोशीको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति साढे ९ बजे उनी लडेर भीरमा खसेका थिए । भीरको बीचमा अड्किएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । शवलाई राति नै निकालिएको प्रहरीले जनाएको छ ।

ग१ख ४१५५ नम्बरको बसमा स्थानीयहरु लुम्बिनीमा पिकनिक खाएर फर्कने क्रममा घटना भएको हो । शसस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली र नेपाल प्रहरीको संयुक्त टोलीले राति नै शव निकालेर परीक्षणका लागि तनहुँ पठाइएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । -रासस