आइतबार, २३ मंसिर २०७५
DainikNepal.com
आइतबार, २३ मंसिर २०७५

प्रवासी नेपाली मञ्च ओमनको अध्यक्षमा श्रेष्ठ चयन

दैनिक नेपाल २०७४ फागुन ५ गते १९:३०

– पूर्ण विश्वकर्मा
ओमान, ५ फागुन । प्रवासी नेपाली मञ्च, ओमनको शुक्रबार सम्पन्न दोस्रो अधिवेसनले सोम कृष्ण श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।

ओमनको रुवि स्थित मास पलाजा भएको अधिवेशनले प्रथम उपाध्यक्षमा रामहरि गिरी, द्वतिय उपाध्यक्षमा रन्जित आचार्य, तृतीय उपाध्यक्षमा बिष्णु चौलागाईं, महासचिवमा पशुपति जिसी, सचिवहरुमा महेश न्यौपाने, धनबहादुर गुरुङ, अनु पौडेल हिरा र रमेश शाहीलाई चयन गरेको छ । त्यस्तै कोषाध्यक्षमा गणेश बहादुर शाही र सह–कोषाध्यक्षमा सन्तोष कटुवाल चयन भएका छन् ।

मञ्चको सदस्यहरुमा यज्ञ पराजुली, गणेश प्रसाद पाण्डे, सुर्यप्रसाद ढुंगाना, कमल गौतम, शिवहरी पराजुली, प्रेम दिकि शेर्पा, बलराम गैरे, सर्खेस पाल, प्रधुन्न कार्की रहेका छन् ।

प्रवासी नेपाली मंच, ओमनको आयोजक समितिका संयोजक लिलानाथ कोइरालाको अध्यक्षमा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्वी विदेश विभाग प्रमुख श्री प्रसाद शाह प्रमुख अथिति रहेका थिए । कार्यक्रममा नेपाली दूतावास ओमनका राजदूत शर्मिला पराजुली ढकाल, गैर आवासीय नेपाली संघका सचिव डिबि क्षेत्रीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित