हेटौँडा, ५ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले धुलिखेल नगर स्तम्भको शिलान्यास गरेका छन् । शनिबार धुलिखेल नगरपालिकाले नगर स्थापनाको ३२ औँ वर्ष प्रवेश गरेको अवसरमा गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले स्तम्भको शिलान्यास गरेका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले देशमा भर्खरै संघियताको पुर्ण रुपमा कार्यन्वयन भएको भन्दै अब राजधानीको विषयमा विवाद नगर्न आग्रह गरेका छन् । उनले राजधानी बदल्ने विषय निकै गम्भीर र धेरै प्रक्रियाको विषय रहेको भन्दै यो विषयमा हतार नगर्न आग्रह समेत गरे ।
मुख्यमन्त्री पौडेलले आफ्नो भुमिका सबैलाई सम्मान गर्ने र निरन्तर काम गर्दै जनताको विश्वास जित्ने भएको बताए । आफू गर्न सक्ने कुरा मात्र बोल्ने र बोलेको कुरा कुनै पनि हालतमा पुरा गर्ने स्वभावको व्यक्ति भएको भन्दै मुख्यमन्त्री पौडेलले प्रदेश नम्बर ३ को सबै श्रोतलाई भरपुर प्रयोग गरि समृद्ध प्रदेश निर्माणको लागि प्रदेश सरकार लागि पर्ने बताए ।
स्रोतको पहिचान र परिचालन ठिक ढंगबाट गर्नसके प्रदेश नम्बर ३ को विकास चाँडै हुने भन्दै धुलिखेल नगरपालिकालाई प्रदेश नम्बर ३ को उत्कृष्ट नगर बनाउनको लागि सबैलाई लाग्न आग्रह गरे । धुलिखेल धेरै सम्भावना भएको नगर रहेको भन्दै उनले प्रदेश सरकारबाट पनि धुलिखेलको विकासको लागि सहयोग हुने घोषणा ब्यक्त गरे ।












प्रतिक्रिया