बैतडी, ५ फागुन । पुरचौँडी नगरपालिका– ५ कुवाकोटमा शुक्रबार ना ४ क ५७६५ नम्बरको स्काभेटर दुर्घटना हुँदा चालक कञ्चनपुर भीमदत्तनगरपालिका– ९ का ३८ वर्षीय रामबहादुर रावलको मृत्यु भएको छ ।
अपराह्न सडक निर्माण गर्ने क्रममा सडकबाट १२० मिटर तल खसेको थियो । गम्भीर घाइते चालकलाई उपचारका लागि लैजाने क्रममा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । –रासस












प्रतिक्रिया