३१ आश्विन २०८३, शनिबार

अमेरिकामा १४ हजार नेपाली देश निकाला हुनबाट यस कारण जोगिए

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

न्यु जर्सी सिटी, ४ फागुन । अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर काउन्सिलद्वारा अमेरिकामा रहेका नेपालीकालागि टेम्पोररी प्रोटेक्टेड स्टाटस ‘टिपिएस रिजोलुसन’ प्रस्ताव पारित गरिएको छ ।

फेब्रुवरी १४ तारिख भ्यालेण्टाईन डे का दिन पारित उक्त प्रस्ताव अमेरिकि नेपालीका लागि बेस्ट भ्यालेण्टाईन उपहार सावित भएको हो ।

नेपालमा सन् २०१५ को अप्रिल २५ मा गएको भूकम्पपछि अमेरिकामा रहेका १४ हजार ७९१ नेपालीले टीपीएसबाट देशनिकालाको डरविना काम गर्ने अनुमति पाएका छन् ।

होमल्याण्ड सेक्यूरिटीबाट टीपीएस नविकरण नभए झण्डै १५ सय नेपाली अमेरिकाबाट देशनिकाला (डिपोर्टेशन) गरिने प्रकृयामा हुनेछन् । जर्सी सिटी काउन्सिलद्वारा टिपिएस प्रस्ताव पारित गराउन पहल जर्सी सिटी मेयरका सल्लाहकार डा.बिष्णुमाया परियार र जर्सी सिटी नेपाली समाजले गरेका थिए ।

जर्सी सिटी शहर काउन्सिलले यस अघि मे २७ २०१५ मा टिपिएस प्रस्ताव पारित गरेर अमेरिकाको पहिलो र एक मात्र शहर बनेको थियो । होमल्याण्ड सेक्यूरिटीबाट जुन २४ , २०१५ मा अमेरिकामा रहेका नेपालीलाई टीपीएस स्टाटस सुबिधा प्रदान गरेको थियो । होमल्याण्ड सेक्यूरिटीले अक्टोबर २६, २०१६ मा नविकरण गरेको थियो जुन आगामी जुन २४ तारिख सकिंदैछ ।

भूकम्पबाट ८ हजारभन्दा बढी नेपालीको ज्यान गुमेको थियो । भूकम्पपछि पुनर्निर्माणमा १० बिलियन डलर लाग्ने अनुमान गरिएको छ । जर्सी सिटीले फेब्रुवरी ९ तारिख २०१७ मा स्याङ्चुरी सिटीको रुपमा घोशणा गरेको थियो ।

जर्सी सिटी लगायत अमेरिकाका २३ वटा शहरहरुले स्याङ्चुरी शहर घोशणा गरेर बैधानिक कागजपत्र बिहिन आप्रवासीहरुलाई संरक्षण र बसोवास दिने प्रतिबद्दता जनाएका हुन् ।

नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी मेयर स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख ‘नेपालको झण्डा फहराउने दिवस’को आयोजना गरी सिटी हल भवनको प्रवेशद्वारको तेश्रो तल्लामा रहेको झण्डा फहराउने पोलमा अमेरिकी झण्डासंगै नेपाली झण्डा फहराएर झण्डोत्तोलन गरेका थिए ।

मेयर फुलपसंग झण्डोत्तोलन समारोहमा नेपाली समाजकि अगुवा एवं जर्सी सिटी डाईभर्सिटी एवं इनक्लुजन बोर्डकि सल्लाहकार डा। बिश्णुमाया परियार लगायत उपस्थित नेपालीहरु सहभागी भएका थिए । जर्सी सिटी नेपालको झण्डा फहराउने दोश्रो अमेरिकि शहर हो । फिलाडेल्फिया सिटीले सन् २०१० को नोवेम्वर १९ तारिख पहिलो पटक नेपालको झण्डा फहराएको थियो ।​