५ कार्तिक २०८३, बिहिबार

उच्च क्षमताको महिन्द्रा मोजो बुटवलको बजारमा

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटबल, ३ फागुन । महिन्द्रा टु ह्विलर्सको आधिकारीक वितरक अग्नि ग्रुपअन्तर्गत अग्नि मोटो इन्कले वहु प्रतिक्षित मोजो बाइक हालै बुटबलमा आफ्नो आधिकारीक विक्रेता पाल्पा भैरब अटो सेन्टरमाफर्त बिक्री सुरुवात गरेको छ ।

महिन्द्राको मोजोले अब बुटबलमा पनि आफ्नो उच्च क्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ ।

साहसिक, आनन्ददायी, स्टाइलिस महिन्द्रा मोजोमा लिक्यिडकुल ३०० सिसि इन्जिन रहेको छ । ईएफआइ सिलिन्डर इन्जिनजसले २७ बीएचपीको उच्चतम क्षमता तथा ३० एनएमको टर्ग क्षमता प्रस्तुत गर्दछ ।

मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथ निर्माण गरिएको यो बाइकले बाइक पारखीहरुलाई उच्चतम अनुभव दिनेछ ।