
काठमाडौँ, ३ फागुन । नेकपा एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।
बिहीबार बसेको संंसदीय दलको बैठकले ओलीलाई नेता चयन गरेको हो । बैठकमा एमाले नेता माधवकुमार नेपालले ओलीलाई संसदीय दलको नेता चयन गरियोस् भन्ने प्रस्ताव राखेका थिए ।
ओली बिहीबार नै प्रधानमन्त्री नियुक्त भइसकेका छन् । दिउँसो ४ बजे उनको सथपको कार्यक्रम राखिएको छ ।












प्रतिक्रिया