३० आश्विन २०८३, शुक्रबार

१० वर्षदेखि फरार कुख्यात आतंककारी नेपाल-भारत सीमाबाट पक्राउ

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, २ फागुन । भारतीय प्रहरीले बुधबार अत्यधिक खोजी सूचीमा रहेका एक जना आतंककारीलाई पक्राउ गरेको दाबी गरेको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार भारतीय मुजाहिद्दिन समूहका सदस्य आरिज खानलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपाल-भारत सिमानामा खटिएको दिल्ली प्रहरीको विषेश टोलीले खानलाई एकाएक पक्राउ गरेको उनीहरूले बताएका छन् । “खान सन् २००८ देखि फरार रहेका थिए, उनलाई पक्राउ गर्न सफल हुनु ठूलो उपलब्धि हो,” दिल्ली प्रहरीका उपप्रमुख पी एस कुशहवाले भने ।

खानलाई धेरै आतंकवादी हमलामा संलग्न भएको मानिएको छ । प्रहरीले कारबाही गर्न लागेपछि उनी लुक्दै भाग्दै आएका थिए । –रासस/सिन्ह्वा