२२ कार्तिक २०८३, आइतबार

अनेरास्ववियु झापाको अध्यक्षमा मनोज ताम्ली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विर्तामोड, २ फागुन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन झापामा नयाँ नेतृत्व चयन भएको छ । क्याम्पस र भूगोल जिल्ला कमिटीको सम्मेलनबाट क्याम्पस कमिटीको जिल्ला अध्यक्षमा मनोज ताम्ली लिम्बु निर्वाचित भएका छन् ।

उपाध्यक्षमा रोशन भण्डारी, सचिवमा राजेश कार्की, सहसचिवमा कमल पौडेल, नविन राई, टेरिसा ओली र कोषाध्यक्षमा गंगा प्रसाई चयन भएका छन् । ३३ सदस्यीय कमिटीमा साम्नीहाङमा योङहाङ, अस्मिता विक, निरज थापा, सन्तोष भट्टराई, अनिल सुवेदीलगायत रहेका छन् ।

यसैगरी भूगोल जिल्ला कमिटीको अध्यक्षमा दुर्गा धमला निर्वाचित भएका छन् । उपाध्यक्षमा समर्पण खतिवडा, सचिव रोशन लामा, सहसचिवमा योगराज आचार्य, उमेश आचार्य र तनुजा दुलाल तथा कोषाध्यक्षमा सागर लिम्वू चयन भएका छन् । सदस्यहरुमा उमेश मिश्र, सरोज सत्याल, समिर न्यौपाने, मुकेश त्रिताल, मदन गुरुङलगायत रहेका छन् । क्याम्पस कमिटीको पाँचौ र भूगोल कमिटीको १९ औँ जिल्ला सम्मेलनबाट नयाँ नेतृत्व चयन भएको नवनिर्वाचित सचिव रोशन लामाले जानकारी दिए ।