शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

चलचित्र ‘कृ’ मा अनमाेलले प्रयाेग गरेका थिए यस्ताे माेबाइल

दैनिक नेपाल २०७४ फागुन १ गते १९:४६

काठमाडौँ । सामसुङले सुरेन्द्र पौडेलद्वारा निर्देशित एवम् अनमोल केसीद्वारा अभिनित नेपाली चलचित्र ‘कृ’मा ब्राण्ड समन्वय भएको छ ।

‘कृ’ मा अनमोलले सामसुङ ग्यालेक्सी एस ८ प्लस प्रयोग गरेको देखाइएको । नेपाली चलचित्रका दृश्यहरुमा समेत सामसुङ मोबाइलको प्रयोगबाट नेपाली समाजमा मोबाइल सम्पर्कको विशेष माध्यम हुँदै आएको कुरा अझ स्पष्ट भएको छ । हलिउड तथा बलिउडमा भने यस्तो प्रयोग पहिलेदेखि नै हुँदै आएको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरु माझ यो फोन निकै लोकप्रिय छ । यसबाट भिन्न तथा विशेष तरिकाबाट पनि उत्पादनको प्रबर्धन गर्न सकिने कुरामा सामसुङ विश्वस्थ रहेको बताएको छ ।

‘चलचित्रले समाजको भावनालाई प्रतिबिम्बित गर्दछ । नेपाली चलचित्रमा यो उत्पादनको प्रयोग भएको पाउँदा हामी अत्यन्त खुसी भएका छौँ । यसले हामीलाई ग्राहकहरुसँग नजिक हुने राम्रो अवसर पनि प्रदान गरेको छ । ‘कृ’ चलचित्रको माध्यमबाट नेपाली दर्शकमा ख्याति प्राप्त अनमोल केसीसँग सम्बन्धित हुन पाउँदा हर्षित छौँ” आइएम बिज, सामसुङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने ।

प्रतिक्रिया
सम्बन्धित