२२ कार्तिक २०८३, आइतबार

दश लाख रुपैयाँभन्दा बढीको लत्ताकपडा बरामद

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २९ माघ । भन्सार छली नेपाल भित्र्याइएको करीव साँढे १० लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा प्रहरीले बरामत गरेकाे छ । पर्सा जिल्लाको कालिकामाई गाँउपालिका ३ हरिपुरबाट अाइतबार दिउँसो सशस्त्र प्रहरी बलकाे टोलीले साे परिमाणकाे लत्ताकपडा बरामद गरेको हाे ।

सटिङ तथा साडी, कुर्तालगायतका लेडिज आइटमका कपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सवैठवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए । । भारतबाट नेपालतर्फ आउँदै गरेको ना १ ज ४५६४ नम्बरको पिकअप गाडीमा सशस्त्र प्रहरी निरीक्षक लाप्साङ्ग तामाङको कमाण्डमा गस्तीमा रहेको एपीएफ टोलीले जाँच गर्ने क्रममा चोरीपैठारीको उक्त लत्ताकपडा फेला परेपछि गाडीसहितै नियन्त्रणमा लिएकाे हाे ।

एपीएफ टोलीले बरामद लत्ताकपडा गाडीसहितै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीगन्जमा बुझाएको छ । उक्त गाडीको भन्सार दाखिला मूल्य सात लाख रुपैयाँ रहेको छ ।