३१ आश्विन २०८३, शनिबार

मलेसियामा साहित्य चौतारीको विशेष कार्यक्रम

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– आर.एन. चौधरी थारु

मलेसिया । ‘फैलिदो छ हाम्रो पहुँच सात समुन्द्र वारिपारी, जहाँ नेपाली साहित्यिक सर्जक त्यहाँ साहित्यिक चौतारी’ भन्ने मूल नाराको साथ साहित्य चौतारी नेपाल, शाखा मलेसियाले आफ्नो चौथो बार्षिक उत्सव तथा विशेष बृहत कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

आइतबार मलेसियाको राजधानी क्वालालम्पुरस्थित गोर्खा रेष्टुरेन्टको प्राङ्गणमा संस्थाका अध्यक्ष डिल्लीप्रसाद छत्कुलीको सभापतित्व तथा एन आर एन मलेसियाका संरक्षक भवानी शंकर तिवारीको प्रमुख आतिथ्यता, विश्व नेपाली साहित्यिक महासंघ तथा साहित्यिक चौतारी नेपाल मलेसिया साखाका संरक्षक जीवण देवान गाउँले तथा विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत दर्शकहरूको भब्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा उपस्थित साहित्यिक सर्जकहरूले नेपाली लोक दोहोरी गीतमा घम्साघम्सीको साथ साथै नृत्य पनि प्रस्तुत गरेका थिए ।

प्रवास मलेसियामा बसेर पनि साहित्य क्षेत्रमा योगदान पुर्याए बापत, कलम चलाए बापत साहित्यकारहरु क्रमशः जगत खडका दोल्खाली, दीपक खड्का, डिल्लीप्रसाद छत्कुली, कमल सरोवर, अमर बिष्ट, गजेन्द्र प्रसाद अवस्थी, सुरेन्द्र बुर्लाकोटी, सुगम थापा मगर, अस्मिता शर्मा सुवेदी, लगायतलाई कार्यक्रमका प्रमुख अतिथी विशेष अतिथी र सभापतिले दोसल्ला ओढाइ सम्मान पत्र सहित सम्मानित समेत गरेका थिए ।